Logo
Logo

संघ र प्रदेशको निर्वाचन कात्तिक ३० मै गर्नुपर्ने निष्कर्ष


1.2k
Shares

काठमाडौं । निर्वाचन आयोगले संघ र प्रदेशको निर्वाचनको लागि कात्तिक ३० को मिति प्रस्ताव गर्ने निष्कर्ष निकाले छ ।

यसअघि आयोगले सरकारलाई दुई विकल्पमा चुनाव गर्न सकिनेगरि मिति प्रस्ताव गरेको थियो । आयोगले कात्तिक ३० गते र मंसिर ३ गतेको मिति प्रस्ताव गरेको थियो ।

तर, आयोगले कात्तिक अन्तिम सातासम्म सकिनेगरि मिति प्रस्ताव गर्ने निष्कर्ष निकाले हो । सोहीअनुसार आयोगले सरकारलाई
पत्राचार गर्ने तयारी गरेको छ ।

शुक्रबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच छलफल भएको थियो । छलफलका क्रममा प्रधानमन्त्री देउवाले निर्वाचनको मिति प्रस्ताव गर्न थपलियालाई आग्रह गरेका थिए । थपलियाले कात्तिक मसान्तमा निर्वाचन गर्न अनौपचारिक प्रस्ताव गरेका थिए ।

त्यसपछि आयोगले सुरक्षा निकायका प्रमुखहरुसँग पछि निर्वाचनबारे छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्