Logo
Logo

आजको मौसम : अधिकांश स्थानमा भारी वर्षाको सम्भावना


1.2k
Shares

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रहनेछ । अधिकांश स्थानमा भारी वर्षाको सम्भावना छ ।

हाल लुम्बिनी प्रदेश, वागमतीलगायत केही प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी, राति गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र बाग्मती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पहाडी भूभागमा भूक्षय, पहिरोको जोखिम रहेको विभागले जनाएको छ ।

साथै विभागले नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्