Logo
Logo

वन्यजन्तुको आखेटोपहार सहित दुई जना पक्राउ


63
Shares

काठमाडौं । संरक्षित वन्यजन्तु भालुको पित्त जस्तो देखिने २ थान आखेटोपहार सहित अर्घाखाँची पाणिनी गाउँपालिका(२ बस्ने ५३ वर्षीय हरिओम रसाइली र रूपन्देही बुटवल उपमहानगरपालिका-३ बस्ने ३२ वर्षीय भजिन्द्र दर्जीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन हुन लागेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी, नयाँबस्तीबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय काठमाडौंमा बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस्