Logo
Logo

प्रधानसेनापति शर्मा स्वदेश फिर्ता


1.3k
Shares

काठमाडौं । अमेरिका भ्रमण सकेर प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्किएका छन्।

गत असार ४ गते औपचारिक भ्रमणमा गएका प्रधानसेनापति शर्माले तीन देशको भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका हुन्। उनले लेबनान, सिरिया र अमेरिकाको औपचारीक भ्रमण गरेका छन् ।

द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा संयुक्त राष्ट्र संघीय मिसनका विविध पक्ष एवं भावी योजनाका बारेमा जानकारी लिने उद्देश्यले प्रधानसेनापतिले लेबनान र सिरियाको भ्रमण गरेका थिए।

प्रधानसेनापति शर्माले असार ४ देखि १० गतेसम्म लेबनान र सिरियाको भ्रमण गरेका थिए। भ्रमणको क्रममा उनले मिसनहरुको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्था लगायत अन्य विविध पक्षका बारेमा जानकारी लिएका थिए ।

लेबनानका राष्ट्रपतिसँग पनि भेट गरेका प्रधानसेनापति शर्मा लेबनान र सिरियाको भ्रमण पश्चात असार १३ देखि अमेरिका गएका थिए। त्यहाँ उनले उच्च सैनिक अधिकारीसँग पनि वार्ता गरेका थिए।

त्यस्तै उनले न्युर्योकस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयको भ्रमण गरेका थिए। रक्षा सचिव किरणराज शर्मासहितको ७ सदस्यीय टोली त्यसतर्फ गएको थियो।

प्रतिक्रिया दिनुहोस्