Logo
Logo

सिंहदरबार वैद्यखानाले थाल्याे औषधि उत्पादन


945
Shares

काठमाडौं । सिंहदरबार वैद्यखाना विकास समितिले औषधि उत्पादन थालेको छ ।

समितिले चार महिनापछि त्रिफला बनाउन थालेको हो । गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्न स्थापना भएको समितिमा औषधि उत्पादन रोकिएको थियो ।

निमित्त कार्यकारी निर्देशक परिवर्तन भएपछि उत्पादन सुरु भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार निमित्त कार्यकारी निर्देशकमा डा. श्यामबाबु यादवलाई पठाएपछि उनको अग्रसरतामा शुक्रबारदेखि उत्पादन सुरु भएको हो ।

शुक्रबारदेखि उत्पादन सुरु भएको त्रिफला केही दिनदेखि समितिको बिक्री कक्ष एवं बजारमासमेत पठाइने जनाइएको छ ।

षडबिन्दु तेललगायत अन्य उत्पादन पनि केही दिनमै सुरु हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्