Logo
Logo

अन्तर्घात गरेको भन्दै जसपा प्रदेश सांसद निष्काषित


567
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले स्थानिय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै प्रदेश सांसदसहित २ जनालाई कारबाही गरेको छ ।

जिल्ला कार्यसम्पादन समिति महोत्तरीले प्रदेश सांसद कौशलकुमार यादव र संघीय शिक्षक फोरम महोत्तरीका अध्यक्ष कौशलकुमार यादवलाई साधारण सदस्यतसमेत नहुने गरी पार्टीबाट निष्काषन गरेको हो ।

महोत्तरी–४ (क)वाट प्रदेश सांसद रहेका यादवले स्थानिय तहको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारहरुलाई हराउन लागेको तथा बिपक्षी दलका नेताहरुलाई सहयोग गरेको आरोप लाग्दै आएको थियो ।

उनलाई साधारण सदस्यतावाट समेत निष्काषन गरेको जिल्ला अध्यक्ष रामप्रकाश यादवले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

स्थानिय तह निर्वाचनमा अन्र्तघात गरेको भनेर निष्काषनमा पर्ने यादव पहिलो र एक्ला सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्