Logo
Logo

जसपाले फिर्ता बोलायो तीन मन्त्री


2.8k
Shares

काठमाडौं । जनता समाजवादी पार्टीले ३ जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ ।

भौतिक पूर्वाधारमन्त्री रेनु यादव, वनमन्त्री रामसहाय यादव र कृषिमन्त्री महिन्द्र राय यादवलाई फिर्ता बोलाएको हो । यसैगरी यी ठाउँमा पार्टीबाट नयाँ मन्त्री सिफारिस भएका छन् ।

अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार बेलुकी भेटेर नयाँ मन्त्रीको नाम बुझाएका हुन् । जसमा भौतिक पूर्वाधारमन्त्रीमा मोहम्मद इस्तियाक राई, वन मन्त्रीमा प्रदीप यादव र कृषिमन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव छन् ।

जसपाले अहिले सरकारमा रहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्