Logo
Logo

दाङमा टेम्पोको ठक्करबाट पैदलयात्रीको मृत्यु


630
Shares

दाङ । दाङको लमही नगरपालिका–५ वयलडाँडामा गएराती टेम्पोको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय राजकुमारी चौधरी रहेकी छिन् । ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा चौराहा अस्पताल बुटवलमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

लमहीबाट गढवातर्फ जाँदै गरेको रा १ स ३४५० नम्बरको टेम्पाेले गएराती सडक पार गर्दै गरेकी महिलालाई ठक्कर दिएको थियो ।

टेम्पो चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्