Logo
Logo

कुटनीतिक पत्र आदानप्रदान परराष्ट्र मन्त्रालयबाट मात्रै गर्न निर्देशन


441
Shares

काठमाडौं । सरकारले कूटनीतिक पत्र परराष्ट्र मन्त्रालयबाट मात्र आदानप्रदान गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषदको निर्णय अनुसार वैदेशिक एवं कूटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा अनिवार्य परराष्ट्र मन्त्रालयमार्फत गर्न विभाग, प्राधिकरण, बोर्ड, आयोग, विकास समिति र सबै महाशाखाहरुलाई निर्देशन दिएको हो ।

यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि आफ्ना निकायलाई पत्राचार गर्दै वैदेशिक एवं कुटनीतिक सम्बन्धका विषयमा परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गर्न आग्रह गरेको छ ।

नेपाल सरकारको असार ६ गतेको निर्णय कार्यान्वयन गर्न भन्दै मन्त्रालयले मातहतका सबै निकायलाई यस्तो पत्राचार गरेको हो ।

एसपीपी सम्झौतामा सहभागी हुन नेपाली सेनाले लेखेको पत्रबारे सरकारी निकायबीच अन्यौल सिर्जना भएपछि सरकारले अब वैदेशिक तथा कूटनीतिक सम्बन्धमा पत्राचार गर्दा एकद्वार नीति अपनाउने निर्णयलाई मन्त्रिपरिषदको बैठकले निर्णय गरेपछि यस्तो निर्देशन दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्