Logo
Logo

रुपन्देहीमा हतियारसहित ३ भारतीय पक्राउ


504
Shares

रुपन्देही । रुपन्देहीमा पेस्तोलसहित ३ भारतीय नागरिक पक्राउ परेका छन् ।

प्रहरीको गस्ती टोलीले यूपी ५५ एडी ०६४८ नम्बरको मोटरसाइकलमा सवार तीन जनालाई हतियारसहित पक्राउ गरेको हो ।

भारत सिद्दार्थनगरका ३४ वर्षीय मेदि हुसेन, ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलिलाई पक्राउ गरेको रुपन्देहीका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।

हुसेनको दाहिने कम्मरपेटिबाट कालो प्लास्टिकको झोलाभित्र एउटा कटुवा पेस्तोल, के एफ नाइन एमएम लेखिएको २ राउण्ड गोली र चक्कु १ थान फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस्