Logo
Logo
माओवादीको केन्द्रीय समिति बैठक

प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि खुला छलफल


441
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको संक्षिप्त राजनीतिक प्रतिवेदनमा खुला छलफल भइरहेको छ ।

आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा यसअघि प्रतिवेदनमाथि समूहगत छलफल हुँदै आएको थियो । तर, यसपटक खुला छलफल भइरहेको छ । अध्यक्ष प्रचण्डले आफ्नो धारणा राख्न केन्द्रीय समिति सदस्यहरुलाई छलफलका लागि दुई मिनेटको समय दिएका छन् ।

अध्यक्षको प्रतिवेदनमाथि लागेका धारणा दुई मिनेटभित्र सक्न राख्न यसपटक फ्लोर खुला गरिएको छ । अध्यक्ष प्रचण्डले आइतबार बैठकमा १० पृष्ठको राजनीतिक प्रतिवेदनमा पेश गरेका थिए ।

अध्यक्ष प्रचण्डको प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिका केही नयाँ सन्दर्भसँगै घरेलु परिस्थिति, स्थानीय तह निर्वाचनको विश्लेषण, गठबन्धनको समीक्षा पनि संक्षेपमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्