Logo
Logo

जसपाले तीन मन्त्री फेर्यो, राजेन्द्र श्रेष्ठ भने यथावत


2k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी तीन मन्त्री हेरफेर गरेको छ ।

जसपाले पुराना मन्त्रीलाई फिर्ता बोलाएर मोहम्म्द इस्तियाक राईलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री, मृगेन्द्रकुमार सिंह यादवलाई कृषि तथा पशुपन्छी विकासमन्त्री र प्रदीप यादवलाई वन तथा वातावरणमन्त्री सिफारिस गरेको हो ।

यसअघि, जसपाबाट चार मन्त्री सरकारमा सहभागी थिए । राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, रेणु यादव भौतिक पूर्वाधार तथा यातायातमन्त्री, महेन्द्रराय यादव कृषि तथा पशुपंक्षी विकासमन्त्री र रामसहायप्रसाद यादव वत तथा वातावरणमन्त्री थिए ।

यसपटक जसपाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई भने यथावत राखेको छ । नवनियुक्त मन्त्रीहरुको सपथ आज साँझ ४ बजे शथप कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्