Logo
Logo

झापाका २३४३ उम्मेदवारले निर्वाचन खर्च बुझाएनन्


378
Shares

झापा । स्थानीय तह निर्वाचन भएको डेढ महिना बितिसक्दासमेत झापाका २ हजार ३ सय ४३ जना उम्मेदवारले निर्वाचन खर्च बुझाएका छैनन् ।

मतपरिणाम घोषणा भएको एक महिनाभित्र निर्वाचन खर्च बुझाउनुपर्ने भए पनि उम्मेदवारले त्यसलाई नमानेको निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेम न्यौपानेले जानकारी दिए ।

झापाका १५ स्थानीय तह र जिसस गरी २ हजार ८ सय ६३ जनाले उम्मेदवारी दर्ता गरेकामा ५ सय २० जनाले मात्र खर्चको विवरण बुझाएको उनले बताए ।

तोकेको समयमा निर्वाचन खर्च नबुझाउने व्यक्तिलाई कुनै पनि निर्वाचनमा उम्मेदवार बन्न नपाउने गरी कारबाही गर्नसक्ने प्रावधान रहेकाले यथाशक्य चाँडो बुझाउन उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्