Logo
Logo

ठाउँ अभावमा आलोपालो सुत्छन् जाजरकोट कारागारका कैदीबन्दी


315
Shares

सुर्खेत । जाजरकोट कारागारमा क्षमता भन्दा धेरै कैदीबन्दी राख्दा व्यवस्थापनमा समस्या भएको छ । २० जना कैदीबन्दी अट्ने कारागारमा ५४ जना राख्दा समस्या भएको हो ।

१५ पुरुष र पाँच महिलाको क्षमता रहेको कारगारमा अहिले ५४ जना कैदीबन्दी छन् । कारगार नाइके कुशबहादुर महताराले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि विद्युत्, खानेपानी, सुत्न र स्वास्थ्य उपचारमा समस्या उत्पन्न भएको बताउँदै आएका छन् ।

जिल्लामा रहेको कारागार जिर्ण भएपछि कैदी बन्दीहरूले वर्षाको समयमा राम्ररी सुत्न समेत नपाउने कैदीबन्दी दीर्घबहादुर नेपालीले बताए । साथीहरूले आलोपालो गरेर सुत्नुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले कारागारमा देखिएका समस्या समाधानका लागि पहल गर्ने बताए । प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले समस्या समाधानका लागि पहल जारी रहेको बताए । व्यवस्थापनमा उचित पहल नगरेको कैदीबन्दीहरूले गुनासो पोख्दै आएका छन् । जीर्ण भवन व्यवस्थापन राम्रो नहुँदा हैरानी खेप्नु परेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्