Logo
Logo

बजेट निर्माणका क्रममा सरकारले देशद्रोह गर्यो : ओली


1.1k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र डामाडोल पारेर सरकारले देशद्रोह गरेको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बजेट निर्माणका क्रममा अर्थमन्त्रीले केही व्यापारिसँगको मिलेमतामा बजेट बनाएर अर्थतन्त्र डामाडोल बनाएको भन्दै त्यसलाई देशद्रोह भनेका हुन् ।

अध्यक्ष ओलीले भने– ‘बजेट निर्माणका क्रममा अर्थतन्त्र डामाडोल बनाएर देशद्रोह गरिएको छ । निहीत व्यापारीलाई पोस्न अर्थमन्त्रीबाट भएको काम देशद्रोह हो ।’

अध्यक्ष ओलीले बजेट बनाउने क्रममा भएको अनैतिक गतिविधि रेकर्ड भएको सीसीटीभी फुटजे हटाइएको भन्दै त्यसलाई पनि अपराध भनेका छन् । उनले यस विषयमा संसदीय छानविन समिति गठन गर्न समेत माग गरेको छन् ।

ओलीले भने– ‘सभामुख महोदय, बजेट निर्माणका क्रमाम देशद्रोह भएको छ । यसको छानविन गर्न आवश्यक छ । संसदीय छानविन समिति बनाएर छानविन गर्नुपर्छ ।’

अध्यक्ष ओलीले यस विषयमा छानविन समिति गठन गर्नेबारे सभामुखसँग प्रतिवद्धता समेत माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्