Logo
Logo

आइजिपीभन्दा लेखापाल शक्तिशाली ?


303.8k
Shares

काठमाडौं । नेपाल प्रहरीमा यतिबेला सरुवा–बढुवाको मौसम छ । सरुवा–बढुवाका लागि शक्तिकेन्द्र धाउने प्रवृत्ति नयाँ होइन । आ–आफ्नो लागि सबै शक्तिकेन्द्र धाउने गरेका छन् ।

तर, प्रहरीमा एउटा यस्तो समूह छ, जो सामूहिक रुपमा शक्तिकेन्द्र धाएर आफु अनुकुल निर्णय गराउँछन् । त्यो समूह प्रहरी महानिरीक्षक भन्दा पनि बलियो छ भन्ने पुष्टि फेरि एक पटक भएको छ ।

प्रहरीमा लेखापाल समूहले सिन्डिकेट कायम गर्दै आएको छ । उनीहरुले गत वर्ष नै लेखापाल अरनखटनसम्बन्धि कार्यविधि संशोधन गरेर आफ्नो अवधि बढाउन खोजेका थिए । तर, सफल भएका थिएनन् । कार्यविधि संशोधन नभएपछि गत वर्ष सरुवा नै भएन । आकर्षक कार्यालयमा रहेकाहरु तीन वर्ष बस्ने अवसर पाए । त्यसमध्ये कतिपय ६ वर्षका कारण बाहिरिनुपर्ने समेत थिए । तर, पावरफुल लेखापालका सामु तत्कालिन महानिरीक्षक शैलेश थापासमेत निरीह बनेका थिए ।

यो वर्ष पनि लेखापाल सरुवाको समय भएको छ । लेखापालमा बसेर अकुत कमाइसकेकाले शक्तिकेन्द्रलाई प्रभावमा पारेर फेरि आफु अनुकुल निर्णय गराएका छन् । यसअघि ६ वर्षसम्म मात्र लेखापालमा बस्न पाइनेमा त्यसलाई संशोधन गरी आठ वर्ष बनाइएको छ । यसमा लेखापालहरुले सामूहिक रुपमा पैसा उठाएर विभिन्न शक्तिकेन्द्रमा पु¥याएको स्रोत बताउँछ । ‘लेखापालहरु प्रहरी महानिरीक्षकभन्दा बलिया देखिए,’ एक उच्च प्रहरी अधिकारी भन्छन्, ‘आइजिपी साबले चाहना पनि यस्ता कतिपय कार्यविधि हेरफेर हुन गाह्रो छ, उनीहरुले आफ्नो शक्ति देखाए ।’ यो प्रकरणले प्रहरीको लेखामा कतिधेरै बदमासी छ भन्ने देखाउँछ ।

हरेक आर्थिक वर्षको अन्तिममा लेखापालहरुको सरुवा हुन्छ । यो वर्ष पनि असार अन्तिम साता सरुवाको तयारी भइरहेको छ । हरेक जसो लेखापालहरु आकर्षक कार्यालय जानका लागि यतिबेला बालुवाटारनिकट बिचौलिया प्रयोग गरिरहेको स्रोत बताउँछ । जसकारण यसमा ठूलो चलखेल हुने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्