Logo
Logo

त्रियुगा र चौदण्डीगढी ४ दिनदेखि अन्धकार


189
Shares

उदयपुर । जिल्लाको त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा गत शनिबार आएको बाढीले विद्युतका पोल ढालेपछि ती नगर क्षेत्रसहित अन्य गाउँ अन्धकारमय बन्न पुगेका छन् ।

त्रियुगा –२ लुहालेखोलामा आएको बाढीले विद्युत् पोल ढालेपछि अहिले नगरको वडा नं १ जोगीदह, २ को खैजनपुर र ३ को मोतीगडा, चाप, भुल्के गाउँ अन्धकारमय बन्न पुगेका छन् । भुल्केका स्थानीय ईश्वरीप्रसाद भट्टराईले पटक–पटक विद्युत् प्राधिकरणलाई ध्यानाकर्षण गराउँदा पनि अहिलेसम्म पोल मतमत नभएको बताए।

शनिबारकै वर्षाको कारण बाढीले चौदण्डीगढी –१ र २ तथा ५, ९ र १० वडा जोड्ने विद्युत् पोल ढालेको थियो । चौनपा–२ रानीवासका स्थानीय तेजेन्द्र कार्की भन्छन्, ‘चार दिनदेखि निरन्तर अन्धकारमा बस्दै आएका छौँ, विद्युत् प्राधिकरणलाई पटक–पटक पोल मर्मत गर्न अनुरोधसमेत गरेका छौँ तर अहिलेसम्म बिजुली बलेको छैन ।’ ती क्षेत्रका स्थानीयवासी मोबाइल चार्ज गर्न अन्यत्र गाउँ गइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्