Logo
Logo

प्रधानमन्त्रीद्वारा गिरिजाप्रसादको शालिक अनावरण


693
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण गरेका छन् ।

कोइराला नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक नेतासमेत हुन् । उनको ९९औँ जन्मजयन्तीका अवसर पारेर गिरिजाप्रसाद कोइराला श्रमिक स्मृति भवन अनामनगरमा अर्धकदको शालिक निर्माण गरिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले गिरिजाबाबु कहिल्यै नथाक्ने र मिलनसार भएको बताए । ‘कठिन राजनीतिक आरोह, अवरोह पार गर्नुभएका कोइरालाले नेपालमा लोकतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको छ, उहाँ युगपुरुष र शिखरपुरुष हुनुहुन्छ’, सभापति देउवाले भने ।
प्रधानमन्त्री देउवाले गिरिजाबाबुले मजदूर आन्दोलन थालेको विराटनगरस्थित जुटमिलमा ऐतिहासिक सङ्ग्रहालय बनाउन सरकार सकारात्मक रहेको बताए ।

हतियार उठाएर सशस्त्र विद्रोह सुरु गरेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाबाबुको ठूलो योगदान रहेको प्रम देउवाले बताए । कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले मुलुकलाई शान्ति प्रक्रियामा ल्याउन कोइरालाको महत्वपूर्ण भूमिका रहेको बताए ।

उक्त अर्धकदको शालिक पाटन औद्योगिक क्षेत्रका कलाकार धर्म शाक्यले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्