Logo
Logo

रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा प्रहरी परिचालन


1.1k
Shares

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय भवनमा विवाद बढ्दै गएपछि प्रहरी तैनाथ गरिएको छ । ताहचलस्थित कार्यालयमा आइतबार र सोमबार सुरक्षाकर्मीहरू खटिएका छन् ।

सर्वोच्च अदालतमा मुद्दा दायर गरेको पक्ष र सरकारले गठन गरेको तदर्थ समितिमा विवाद बढ्दै गएपछि कार्यालयमा सुरक्षाकर्मी परिचालन गरिएको एक अधिकारीले जानकारी दिए ।

डा. नेत्र तिम्सिनाको टोली धकेलाधकेलकै बीचमा सोमबार कार्यालय छिरेको छ । तिम्सिना नेतृत्वको कार्यसमितिका सदस्यसहित अधिकारकर्मीहरु पनि कार्यालय प्रवेश गरेका र तिम्सिना नेतृत्वको तदर्थ समितिलाई रोक्नकै लागि प्रशासनले सुरक्षाकर्मी तैनाथ गरेको उक्त पक्षले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्