Logo
Logo

रामेछाप बस दुर्घटना अपडेट : १३ जनाको मृत्यु


567
Shares

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभुघाट नजिकै बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

मंगलबार बिहान रामेछापको बेथानबाट काठमाडौं आउँदै गरेको बा३ख ८३९६ नम्बरको अरनिको बस लुभुघाटमा दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार थिङका अनुसार नौ जनाको घटनास्थलमा मृत्यु भएको हो भने चार जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

बस सडकबाट अन्दाजी ४० मिटर तल खसेको थियो घाइते भएका २४ जनालाई धुलिखेल अस्पताल लगिएको थियो । त्यसमध्ये थप चार जनाको मृत्यु भएको हो ।

प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ । बसका चालक दोलखाका प्रेमबहादुर घतानी हुन् । उनीसँग सोधपुछ गर्दा बसको ब्रेक फेल भएका कारण दुर्घटनामा परेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्