Logo
Logo

८३ लाख लाखसिहत दुई जना पक्राउ


1.7k
Shares

धनुषा । धनुषा प्रहरीले ठूलो रकमसहित दुई जनालाई पक्राउ गरेको छ । भारतबाट बोरामा आलुसँगै ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख रुपैयाँ आज (मंगलबार) सशस्त्र प्रहरीले बरामद गरेको छ ।

धनुषाको जनकनन्दनी गाउँपालिका–१ इनर्वामा भारतबाट मोटरसाइकलमा राखेर ल्याउँदै गरेको बोरामा ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिएका छन् ।

ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा बोरामा स्रोत नखुलेको रकम ल्याउने जनकनन्दनी गाउँपालिका–५ का १९ वर्षीय राजेश मण्डल र ३६ वर्षीय ईश्वर मण्डललाई पक्राउ गरिएको कटुवालले बताए ।

बरामद रकम र पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्