Logo
Logo

३ फरार प्रतिवादी पक्राउ


819
Shares

काठमाडौं । प्रहरीले तीन फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत धुलिखेलबाट कैद तथा जरिवाना फैसला गरिएका उनीहरूलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी टोलीले तीनै जनालाई अदालतको फैसलाअनुसार कैद सजाय भुक्तान गराउन कारागार पठाएको प्रहरी नायब उपरीक्षक हरि खतिवडा बताए ।

पक्राउ पर्नेमा भुम्लु गाउँपालिका–३ का ४६ वर्षीय दावा तामाङ छन् । उनलाई जबर्जस्ती करणी मुद्दाअन्तर्गत जिल्ला अदालतले २०७२ वैशाख ८ गते दुई वर्ष ६ महिना कैद सजाय गरेको थियो ।

यस्तै ललितपुरको टीकाथली–९ स्थायी घर भई हाल बनेपा नगरपालिका–७ बस्ने ४५ वर्षीय सन्तोषी बस्नेतलाई पनि पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्