Logo
Logo

उदयपुरमा चट्याङ लागेर युवकको मृत्यु


315
Shares

उदयपुर । उदयपुरमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका-५ शिवाइका २६ वर्षीय रोशन चौधरीको मंगलबार चट्याङ लागेर मृत्यु भएको हो ।

चट्याङबाट घाइते भएका चौधरीलाई उपचारका लागि सप्तरीको कंचनपुरस्थित धर्मेश्वर अस्पताल लगिएको थियो। तर चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

बारीमा काम गरि रहेको अवस्थामा वर्षासँगै परेको चट्याङ लागेर उनी घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्