Logo
Logo

अर्थमन्त्री प्रकरण : एमालेसँग छलफल गर्दै माओवादी


4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले अर्थमन्त्रीको विषयमा उत्पन्न विवादबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने भएको छ । बुधबार बसेको पूर्व स्थायी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्रीमाथि उठेका सवाल गम्भीर बन्दै गएको बताउँदै यस सन्दर्भमा प्रमुख प्रतिपक्षीसँग छलफल गर्नुपर्ने बताएका थिए ।

सरकार र पार्टीका शीर्ष नेताहरूलाई समेत जोडेर सञ्चारमाध्यमहरुले अतिरञ्जित समाचार दिन थालेको भन्दै यस विषयलाई जतिसक्दो चाँडो निष्कर्षमा पुग्नुपर्ने अध्यक्ष प्रचण्डले आफ्नो राय राखेको बैठकमा सहभागी एक नेताले बताए ।

तर, अर्थमन्त्री जनार्दन शर्माले भने यस प्रकरणमा आफू निर्दोष रहेको बताएका थिए । बैठकमा सहभागी शर्माले अर्थमन्त्रालयमा भएको सीसीटीभीको प्रणालीमै १३ दिनभन्दा बढी स्टोरेज नरहने उनको भनाइ थियो ।

बैठकमा डिलिट भएको फुटेज रिकभर गर्न सकिने सम्भावनाबारे समेत छलफल भएको नेता हरिबोल गजुरेलले बताए । उनका अनुसार आजै एमालेसँग निकासका लागि छलफल गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्