Logo
Logo

बिदामा बसे अर्थसचिव, शर्मा मन्त्री रहुन्जेल नफर्किने


18.3k
Shares

काठमाडौँ । अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् ।

बजेट निर्माणलगायत विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएपछि सचिव मरासिनी बिदामा बसेका हुन् । उनी अनिश्चितकालका लागि विदामा बसेको स्रोतले जनाएको छ ।

बुधबार बिहान मरासिनीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी दिएका थिए । सो क्रममा मसासिनीले शर्मा मन्त्री रहुन्जेल आफू मन्त्रालय नफर्किने प्रधानमन्त्रीलाई जनाकारी गराएको स्रोतको भनाइ छ ।

अर्थमन्त्री शर्मामाथि जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको र सोको सीसीटीभी फुटेज ‘डिलिट’ गराएको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्