Logo
Logo

विभूषण समितिमा शम्भुजीत ‘इन’, मदनदास ‘आउट’


3.1k
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभूषण समितिको सदस्यमा संगीतकार शम्भुजीत बास्कोटालाई ल्याउने निर्णय गरेको छ । बैठकले सदस्यबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर उनको ठाउँमा बास्कोटालाई ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै कार्कीले अन्य सदस्य भने यथावत राखिएको जानकारी दिए । ‘समितिका सदस्यहरु रहनुभएका अन्य सदस्यहरुलाई यथावत रहने गरी कलाकार श्री मदनदास श्रेष्ठको सट्टामा कला क्षेत्रबाट संगीतकार शम्भुजीत बास्कोटालाई तोक्ने निर्णय भएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्