Logo
Logo

झापामा नेपाल र सशस्त्र प्रहरीबीच झडप


148.4k
Shares

झापा : सुपारीका विषयमा विवाद हुँदा झापामा सशस्त्र र नेपाल प्रहरीबीच झडप भएको छ ।

मेचीनगर नगरपालिकास्थित काँकडभित्तामा नाकामा बुधबार राति दुई सुरक्षा निकायबीच झडप भएको हो । नेपाल प्रहरीले पठाएको सुपारी सशस्त्रले रोकेपछि झडप भएको बताइएको छ ।

नेपाल प्रहरीले तस्करसँगको मिलेमतोमा सुपारी पठाउन खोजेको थियो । त्यसलाई रोक्ने क्रममा नेपाल प्रहरीले आफूहरूमाथि हातपात गरेको सशस्त्र प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्