नयाँदिल्ली । पन्जाबका मुख्यमन्त्री भागवन्त मानले आज विवाह गर्दै छन् ।
४८ वर्षीय मुख्यमन्त्री मानले चण्डीगढस्थित आफ्नै घरमा समारोहमा विवाह गर्न लागेका हुन् । डा. गुरप्रीत कौरसँग विवाह उनको विवाह हुनेछ ।
विवाहमा परिवार र नजिकका आफन्तसहित दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल सहभागी हुने सम्भावना छ । हालै भएको निर्वाचनमा आम आद्मीले एतिहासिक विजय हाँसिल गरेपछि उनी मुख्यमन्त्री बनेका थिए ।
मानकाे ६ वर्षअघि सम्बन्धविच्छेद भएको थियो ।