Logo
Logo

त्रिविका २ उपप्राध्यापकलाई दोहोर्‍याएर स्पष्टीकरण


819
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले दुई जना उपप्राध्यापकलाई फेरी स्पष्टीकरण सोधेको छ।

नियम विपरीत बिना जानकारी बिदा बसेको भन्दै शिक्षा शास्त्र केन्द्रीय विभाग उपप्राध्यापकहरू हिमाकुमारी रावल र सरस्वती दवाडीलाई त्रिविले सुरूमा वैशाख २५ मा १५ दिने स्पष्टीकरण सोधेको थियो।

उक्त स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नआएको भन्दै उनीहरूमाथि फेरि स्पष्टीकरण सोधेको हो। कार्यकारी परिषदको असार १२ को निर्णयअनुसार ३५ दिनभित्र स्पष्टीकरण दिन भनिएको छ।

उनीहरू जानकारीविना लगातार ९० दिनभन्दा बढी त्रिविमा अनुपस्थित रहेका थिए। स्पष्टीकरण चित्तबुझ्दो नआएमा भविष्यमा विश्वविद्यालय सेवाका लागि अयोग्य नठहरिने गरी उनीहरूलाई हटाउने त्रिविको तयारी छ।

प्रतिक्रिया दिनुहोस्