Logo
Logo

गठबन्धनलाई अप्ठ्योरोमा पार्न अर्थमन्त्रीको विषयलाई उचालियो : प्रचण्ड


504
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनलाई अप्ठ्यारोमा पार्ने ग्राण्ड डिजाइनअन्तर्गत अर्थमन्त्रीको विषयलाई उचालिएको बताएका छन् । बिहीबार काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो दावी गरेका हुन् ।

मन्त्री पदबाट राजीनामा दिएर नेता जनार्दन शर्माले षडयन्त्रकारीहरुलाई जवाफ दिएको समेत अध्यक्ष प्रचण्डले बताए ।
उनले भने, ‘अर्थमन्त्रीले आफूले केही गरेको छैन भन्नुभएको छ । संसदमा कुरा उठेपछि उहाँले प्रष्ट कुरा राखेर संसदमा नैतिकता प्रदर्शन गर्नुभएको छ । यही विषयलाई भ्रमित पार्दै र उचाल्दै राजनीति अप्ठ्यारोमा पार्ने र गठबन्धन अप्ठ्यारोमा पार्ने ठूलो डिजाइन भयो ।’

उनले त्यो डिजाइनलाई त्यागद्वारा जवाफ दिइएको र त्यसबारे कार्यकर्ता र जनतालाई भन्नुपर्ने बताए । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले बुधबार मन्त्री पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्