Logo
Logo

माओवादीले अन्तर्घातीलाई कारबाही गर्ने


7.8k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातमाथि छानबिन गर्ने भएको छ ।

काठमाडौंमा जारी केन्द्रीय समितिमा बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा छानबिन समिति बनाउने प्रस्ताव राखेका छन् । उक्तसमितिले १५ दिनभित्र स्थायी समितिलाई प्रतिवेदन बुझाउने र त्यसका आधारमा कारबाही गर्ने उनले बताए ।

संघीय निर्वाचनमा हुन सक्ने थप क्षतिलाई रोक्न छानबिन समिति बनाइने अध्यक्ष प्रचण्डको भनाइ छ । दोषीमाथि विधानअनुसार निलम्बन र निष्काशनसम्मको कारबाही गरिने उनले बताए । मधेसका धेरै र पहाडका केही स्थानमा स्थानीय तह निर्वाचनमा अन्तर्घात देखिएकाले त्यसबारे छानबिन गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्