Logo
Logo

प्रचण्डले तेस्रो पटक सुनाए पोलिटब्युरो सदस्य नामावली


5.9k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पोलिटब्युरोमा रहनेहरूको नामावली तेस्रो पटक पढेर सुनाएका छन् ।

कमलादीस्थित प्रज्ञा भवनमा बसिरहेको माओवादी केन्द्रीय कमिटी बैठकमा प्रचण्डले तेस्रो पटक पोलिटब्युरो सदस्यका रूपमा झन्डै १५२ जनाको नाम पढेका हुन् ।

यसअघि पोलिटब्युरो १२५ सदस्यीय बनाउने निर्णय भएको थियो । प्रचण्डले १२५ भन्दा पछि नाम रहेकाहरू वैकल्पिक पोलिटब्युरो सदस्य हुने बताएका छन् ।

प्रचण्डको नयाँ सूचीलाई हलले अनुमोदन गरेको छ । यसअघि प्रचण्डले दुई पटकसम्म पढेको पोलिटब्युरो सदस्यको नामावली गोलमाल भएपछि बैठक एक घन्टाका लागि स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्