Logo
Logo

उपराष्ट्रपतिसँग भारतीय राजदूतको शिष्टाचार भेट


630
Shares

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेट गरेका छन् । उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

भेटमा उपराष्ट्रपतिले नेपाल र भारतको सम्बन्ध विशिष्ट प्रकारको रहेको बताएका थिए । दुई देशबीच धार्मिक, सांस्कृतिक, आर्थिक सम्बन्ध रहेको उल्लेख गर्दै उनले सम्बन्धलाई दिगो बनाउनुपर्नेमा जोड दिए । उपराष्ट्रपतिले नेपाल भारत र चीनको बीचमा रहेको बनाउदैं नेपाल, भारत र चीनबीच त्रिपक्षीय सहकार्य गर्नुपर्ने बताए । त्रिपक्षीय सहकार्यमा नेपालले सकारात्मक भूमिका खेल्न सक्ने बताए ।

भेटमा उपराष्ट्रपतिले नेपालको सरोकारमा भारतको सहयोग र सद्भावको खाँचो रहेकामा जोड दिए । नेपालले सन् २०३० सम्म मध्य आय भएको देश बन्ने लक्ष्य राखेको र उक्त लक्ष्य प्राप्तिमा भारतको सकारात्मक सहयोगको आवश्यकता रहेको बताए । उनले भारतसँग नेपालको व्यापार घाटा उच्च रहेको बनाउंदै व्यापार सन्तुलनका लागि भारतको भूमिका महत्वपूर्ण हुने बताए ।

प्रतिक्रिया दिनुहोस्