काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रमुख जियानचाओ आउँदो आइतबार चार दिने नेपाल भ्रमणमा आउने लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार उनले राष्ट्रपति र प्रधानमन्त्रीका साथै नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ । अरू भेटघाटको विषय टुंगो लागिसकेको छैन ।
जिम्मेवारी सम्हालिसकेपछि सामान्यतः भाइचारा र पार्टी सम्बन्ध भएका सबै जसो पार्टीसँग भेटघाट र प्रत्यक्ष कुराकानी गर्ने एउटा चलन भएको र त्यही सिलसिलामा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।