Logo
Logo

अवैध भिटामिनको जथाभाबी बिक्री, प्रयोग नगर्न विभागको आग्रह


1.8k
Shares

काठमाण्डौं । बजारमा केही औषधि र भिटामिनजन्य औषधिको जथाभाबी बिक्री भइरहेको पाइएको छ ।

यसरी बिक्री भइरहेका औषधि तथा भिटामिनले स्वास्थ्यमा असर पारिरहेको भन्दै औषधि व्यवस्था विभागले यस्ता औषधि प्रयोग नगर्न आग्रह गरेको छ ।

विभागले शुक्रबार सूचना जारी गर्दै ट्याबलेट, क्याप्सुल तथा झोलमा पाइने औषधि खाद्यवस्तु जस्तै गरी आयात र बिक्री भइरहेकाले प्रयोग नगर्न सचेत गराएको हो । यस्ता औषधिलाई प्रतिबन्ध लगाएको विभागले जनाएको छ ।

जी ल्याब्रोटोरिज, भारतमा बनेको बायोदी ड्रप्स बालबालिकाका लागि प्रयोग गर्दा असर देखिएको सूचनामा भनिएको छ । विभागका अनुसार यी औषधि नेपालमा दर्ता भएका छैनन् ।

यी र यस्ता अनुमति नपाएका र दर्ता नभएका औषधि र भिटामिन प्रयोग नगर्न विभागको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्