Logo
Logo

भक्तपुरमा ट्रकसँग ठोक्किएर स्कुटर चालकको मृत्यु


1k
Shares

काठमाडौं । भक्तपुरको चाँगुनारायणमा मिनी ट्रकसँग ठोक्किएर स्कुटर चालकको मृत्यु भएको छ ।

भक्तपुर सल्लाघारीका माधव बस्नेतको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

विहीबार राति मिनी ट्रकलाई ओभरटक गर्नेक्रममा स्कुटर अनियन्त्रित भइ ठोक्किएको थियो ।

प्रतिक्रिया दिनुहोस्