काठमाडौं । उपत्यकामा दुई महिला बतात्कृत भएकी छन् । ।
काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित एक होटलमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका–१४ घर भई हाल काठमाडौं सामाखुसी बस्ने ३२ वर्षीय टिकाराम नेपाली छन् ।
नेपालीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै, ललितपुरमा २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका–४ ईमाडोल सेतीपाखा डेरा गरी बस्ने सप्तरी कन्चनरुप नगरपालिका–१० घर भएका २५ वर्षीय मोआत हुसेन र मरोङ बढिगंगा गाउँपालिका–५ घर भएका ३५ वर्षीय ईलिभास मिया रहेका छन् ।
उनीहरूले ती महिलालाई ईमाडोल सेतीपाखास्थित निजहरूको डेरामा लगी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले दुवैजनालाई गोदावरी नगरपालिका–१ गोदामचौरबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।