एजेन्सी । कतारमा हुने विश्वकप २०२२ मा रंगशाला स्टेडियमहरू अल्कोहलमुक्त हुने भएको छ । खेल अगाडि र पछाडि मात्र रंगशालाबाहिर बियर बिक्री गर्न अनुमति दिइएको छ ।
अन्तर्राष्ट्रिय समाचार अनुसार रंगशालाभित्र मदिरा लैजान नपाउने नियमलाई अन्तिम रूप दिन बाँकी नै छ । तर, हालको छलफल भनेको समर्थकहरूलाई रंगशाला छिर्नुअघि र बाहिरिँदा बियर पिउन अनुमति दिने हो ।
२ जुन मितिको डकुमेन्टअनुसार आयोजकले अनुमानित १२ लाख समर्थकको मागलाई कसरी सम्हाल्ने भनेर योजना बनाइरहेका छन् । अल्कोहल र फुटबलको सम्बन्ध लामो समयदेखि कठिन बन्दै गाएको छ ।