Logo
Logo

प्रतिनिधिसभामा एकीकृत समाजवादीको प्रमुख सचेतकमा सरला यादव


4.7k
Shares

काडमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीको तर्फबाट प्रतिनिधिसभाको प्रमुख सचेतकमा सरला यादवलाई मनोनयन गरेको छ ।

पार्टी कार्यालयमा शुक्रबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार सुदूरपश्चिम प्रदेश कमिटी नेकपा (एकीकृत समाजवादी)को अध्यक्षमा पूर्वसांसद एवं पार्टी केन्द्रीय समितिका सदस्य हर्कबहादुर सिंहलाई जिम्मेवारी दिने निर्णय भएको भएको छ ।

प्रवक्ता खतिवडाले बैठकमा पार्टीका आन्तरिक जीवनमा व्यवस्थापन गर्नुपर्ने विषयमा समेत छलफल भएको बताए । उनले भने, ‘पार्टीका आन्तरिक जीवनमा व्यवस्थापन गर्नुपर्ने विषयमा समेत छलफल भएको छ ।

प्रतिनिधिसभाको प्रमुख सचेतकमा हाम्रो संसदीय दलको तर्फबाट सरला यादवलाई मनोनयन गर्ने निर्णय गरेको छ । हाम्रो पार्टीबाट सुदूरपश्चिम प्रदेश कमिटी नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा पूर्वसांसद, पार्टी केन्द्रीय समितिका सदस्य हर्कबहादुर सिंहलाई जिम्मेवारी दिइएको छ ।’

प्रतिक्रिया दिनुहोस्