Logo
Logo

जापानका पूर्वप्रधानमन्त्री आबेको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त


315
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत पूर्वप्रधानमन्त्री शिन्जोको निधनको खबर सुनेर दुःख लागेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्– ‘जापानका पूर्वप्रधानमन्त्री शिन्जोप्रति हार्दिक श्रद्धाञ्जली । उहाँ विश्वका चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनहुन्थ्यो ।’

उनले शोकको यस दुःखद् घडीमा जापानका जनता र शोक सन्तप्त परिवारका सदस्यहरूमा समवेदना प्रकट गरेका छन् ।

शुक्रबार बिहान चुनावी सभालाई सम्बोधन गर्ने क्रममा गोली लागि घाइते भएका पूर्वप्रधानमन्त्री शिन्जोको निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्