नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा थप कोरोना १८ हजार ८४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो एक दिनमा देशभर कुल चार लाख ५४ हजार ७७८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो । योसँगै भारतमा हालसम्म कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३६ लाख चार हजार ३९४ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा पछिल्लो समयमा सक्रिय सङ्क्रमितहरूको सङ्ख्यामा पनि वृद्धि भएको देखिएको मन्त्रालयले जनाएको छ । पछिल्लो ४ महिनामा अहिले सबैभन्दा धेरै देखिएका हुन् । सोही अवधिमा कोरोना भाइरसका कारण भारतमा थप ४३ जनाको मृत्यु भएको छ ।
योसँगै कुल मृतकको सङ्ख्या पाँच लाख २५ हजार ३४६ पुगेको छ ।