Logo
Logo

श्रीलंकामा संकट : राष्ट्रपति निवासमा छिरे प्रदर्शनकारी


2.4k
Shares

काठमाडौं । श्रीलंकामा राष्ट्रपति गोटाबय राजपक्षको निवासमा प्रदर्शनकारीहरू शनिबार प्रवेश गरेका छन् । विभिन्न समाचार एजेन्सीहरुले जनाएअनुसार राष्ट्रपति राजपक्षलाई सुरक्षित ठाउँमा लगिएको छ ।

बीबीसीले समाचारमा उल्लेख गरेअनुसार यसअघि राजधानी कोलम्बोमा जम्मा भएको ठूलो भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

तस्बिर बीबीसी

प्रदर्शनकारीहरूले राष्ट्रपतिको राजीनामा माग गरिरहेका छन् । देशका विभिन्न भागबाट प्रदर्शनमा भाग लिन सयौँ मानिसहरू कोलम्बो आएका थिए । श्रीलंका सरकारले कर्फ्यू लगाउने भने पनि पनि त्यसलाई फिर्ता लिएको जनाइएको छ ।

दशकौँ यताको सबैभन्दा खराब आर्थिक संकट सामना गरिरहेको श्रीलंकामा भएका यी ताजा प्रदर्शनहरू हुन् । जहाँ हजारौँ प्रहरी र सैनिकहरू परिचालन गरिएका छन् ।
श्रीलंकाले अहिले खाद्यान्न, इन्धन र औषधिको चरम अभावको सामना गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्