Logo
Logo

हिमाली जिल्लामा दोब्बर बजेट थप्न माग


126
Shares

सुर्खेत । कर्णालीका प्रदेशसभा सदस्य वीरबहादुर शाहीले हिमाली जिल्लामा दोब्बर बजेट थप्न माग गरेका छन् ।

प्रदेशसभाको १०औँ अधिवेशनका क्रममा मन्त्रालयगत शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली जिल्लाको पूर्वाधार विकासमा दोब्बर बजेट थप्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

‘हुम्ला र डोल्पामा विकास सामग्री हवाईजहाजबाट ढुवानी गर्नुपर्छ’, उनले भने, ‘यसले गर्दा सुर्खेतमा लाग्ने विकास खर्चभन्दा ती जिल्लामा दोब्बरले बजेट बढ्छ ।’ यो अवस्थालाई ध्यान नदिइ बजेट विनियोजन गर्दा विकट हिमाली जिल्ला मर्कामा परेको उनको भनाइ छ ।

‘हिमालदेखि भित्री मधेसका जिल्लामा ४० लाखका विद्यालय भवन निर्माणकार्य समतामुखी भएन । त्यसबाट हिमाली जिल्लामा पर्न गएको क्षति सरकारले ब्यहोर्नुपर्छ,’ उनले भने, ‘सरकारले अब हिमाली जिल्लाको विकटतालाई बुझेर बजेट दोब्बर गर्नुपर्ने वा आफैँले ढुवानी गरिदिने व्यवस्था मिलाउँनुपर्छ ।’

असार २२ गतेको बाढीले डोल्पामा पूर्ण क्षति भएका १० घरका परिवारलाई राहत उपलब्ध गराउनसमेत उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्