Logo
Logo

झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


630
Shares

झापा । विर्तामोड शनिश्चरे सडकखण्डमा मोटरसाइकल दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फिदिम नगरपालिका–५ का २६ वर्षीय कुमार खनाल रहेको विर्तामोड इलाका प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले दुर्घटनास्थलमा भेटिएको नागरिकताका आधारमा उनी फिदिमको रहेको जनाएको हो ।

उनी सवार बा४२प १२८ नंको मोटरसाइकल सडकको किनारमा पल्टिएको र खनाल सडकमै मृत भेटिएको प्रहरीको भनाइ छ । दुर्घटना र मृत्युको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्