Logo
Logo

लडेर प्रशिक्षार्थी प्रहरी जवानको मृत्यु


5.3k
Shares

डोटी । सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा लामो दौडका क्रममा लडेर बेहोस भएका प्रशिक्षार्थी प्रहरी जवान भरत बोहराको मृत्यु भएको छ ।

तालिम केन्द्रका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार निज बोहरा यही असार २२ गते १० किलोमिटर लामो दौडका क्रममा लडेर बेहोस भएका र उपचारका क्रममा उनको मृत्यु भएको हो ।

घाइते बोहराको लामो समयसम्म होस नआएपछि उपचारका लागि हेलिकोप्टरमार्फत कोहलपुस्थित शिक्षण असपताल लगिएको थियो । सूचना अधिकारी बोहराका अनुसार छामको मेल्लेख गाउँपालिका–६ झाडीगाउँका २१ वर्षीय बोहोराको उपचारकै क्रममा मृत्यु भएको हो ।

उनको मृत्युको अन्य कारण नखुलेको र शव परीक्षणपछि थाहा हुने सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्