चितवन । चितवनमा बिग्रेको बस मर्मत गर्ने क्रममा सोही बसका सहचालकको मृत्यु भएको छ ।
आइतबार बिहान भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा ना ५ ख ९६७ नम्बरको बस बिग्रेपछि बसका चालक र सहचालकले मर्मत गर्दै थिए । सो क्रममा सहचालक २१ वर्षीय सुरज नेपालीको मृत्यु भएका हो ।
सुरज बसको तल रहेकै अवस्थामा चालकले बस अगाडि बढाउँदा दुर्घटना भएको चितवन प्रहरीका सूचना अधिकारी नरहरि अधिकारीले बताए ।
बसले किचेर गम्भीर घाइते भएका सुरजको चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
चालक ४२ वर्षीय राजकुमार गुरूङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।