Logo
Logo

बुढीगंगाको मेयर र उपमेयरमा एमाले


1.7k
Shares

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

अन्तिम मतपरिणामअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयर उम्मेदवार मायाकुमारी खड्का (कुँवर) निर्वाचित भएका हुन् ।

बानियाँले ४ हजार ७ सय ७७ मत र उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रंगबहादुर खातीले ३ हजार ७ सय ७४ मत पाए ।

यस्तै उपमेयरमा निर्वाचित खड्काले ४ हजार ७ सय २७ मत ल्याइन् । शुक्रबार भएकाे निर्वाचनमा ९ हजार १ सय २८ मत खसेको थियाे ।

प्रतिक्रिया दिनुहोस्