Logo
Logo

एकैदिन २५ अर्ब ५५ करोड ८६ लाख भुक्तानी


1.3k
Shares

काठमाडौं । चालु आर्थिक वर्षको बजेट खर्च गर्नेआजदेखि रोकिँदैछ । बजेट रोकिने अन्तिम दिन एकैदिन २५ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ सरकारी कोषबाट भुक्तानी भएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम (१) र (२)अनुसार सबै खाले भुक्तानी आर्थिक वर्ष सकिने अन्तिम ७ दिनअघि रोक्नुपर्ने व्यवस्था छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार आइतबारमात्र चालु खर्च तर्फ १० अर्ब ५८ करोड ४१ लाख रुपैयाँ भुक्तानी भएको छ भने पुँजीगततर्फ १४ अर्ब ७२ करोड ७४ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ २४ करोड ७१ लाख रुपैयाँ भएको छ ।

सरकारले चालु आर्थिक वर्षका लागि कुल १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, अहिलेसम्म कुल १२ खर्ब ३७ अर्ब ७० करोड १० लाख रुपैयाँ मात्र खर्च भएको छ । यो कुल बजेटको ८५.८ प्रतिशतको खर्च हो ।

यस वर्ष विनियोजित बजेटको १४.२ प्रतिशत बजेट खर्च गर्न हुन सकेको छैन । जसले गर्दा ठूलो रकम फ्रिज हुने देखिएको छ ।
चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ कुल ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ विनियोजन गरेकोे सरकारले असार २६ गतेसम्म जम्मा १ खर्ब ८९ अर्ब ४८ करोड १७ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको छ । जुन विनियोजित बजेटको ५०.११ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस्