Logo
Logo

शिन्जो आबेको निधनमा शोक व्यक्त गर्न अमेरिकी विदेशमन्त्री जापान जाँदै


252
Shares

वासिङटन । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनमा समवेदना प्रकट गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन टोकियो जाने भएका छन् ।

अबेको निधप्रति शोक प्रकट गर्न जापान जान लागेका विदेशमन्त्री ब्लिकेनले सोही क्रममा जापानका उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने बताएको छ । संयुक्त राज्य अमेरिका–जापान गठबन्धन एशिया–प्रशान्त क्षेत्रको शान्ति र स्थिरताका निम्ति आधारशिला भएको बताउँदै उक्त क्षेत्रमा अमेरिका–जापान गठबन्धन कहिल्यै सुदृढ हुन नसकेको अमेरिकी विदेश मन्त्रालयले स्वीकार गरेको छ ।

पुर्व प्रधानमन्त्री आबेको गत शुक्रबार नारास्थित एक कार्यक्रममा बोल्ने क्रममा गोली हानी हत्या भएको थियो । अहिले उनको पार्थीव शरीर जापानको राजधानी टोकियोमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्