Logo
Logo

भट्टराई र यादवले छुट्टाछुट्टै बैठक बाेलाए


882
Shares

काठमाडौं । फुटको संघारमा रहेको जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बोलाएका छन् ।

डा भट्टराई पक्षले २८ र २९ असारमा काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् भने यादवले असार २९ र ३० मा वीरगञ्जमा केन्द्रीय समिति बैठक बोलाएका छन् ।

भट्टराई पक्षको असार २८ र २९ मा बस्ने केन्द्रीय समिति बैठकमा आन्तरिक विषय, स्थानीय चुनाव समीक्षा, संगठनबारे छलफल र आगामी कार्ययोजनाबारे छलफल हुने बताइएको छ । छलफलका एजेन्डा पदाधिकारी, केन्द्रीय सदस्य, तथा संघीय परिषद सदस्यलाई पठाइएको एक नेताले बताए ।

यस्तै यादव पक्षले वीरगञ्जमा केन्द्रीय समिति बैठक बस्ने र काठमाडौंमा हुने बैठक वैधानिक नभएको दाबी गरेको छ । केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार वीरगञ्जमा बस्ने बैठकमा सहभागी हुन केन्द्रीय सदस्यहरूलाई सूचना पठाइसकिएको छ ।

‘काठमाडौंमा सोही दिन पार्टीको यसप्रकारको कुनै पनि आधिकारिक बैठक नरहेको यादव पक्षले जारी गरेको विज्ञप्ति उल्लेख छ । यसअघि नै अध्यक्ष भट्टराई र यादव पक्षबीच सौहार्यपूर्ण वातावरणमा अलग हुने सहमति भएका थिए ।

प्रतिक्रिया दिनुहोस्